ला’गुऔषधसहित तीन प’क्राउ

राष्ट्रिय समाचार समिति

अत्तरिया, २५ जेठ : कैलालीमा सशस्त्र प्र’हरीले शनिबार ला’गुऔषधसहित तीन जनालाई प’क्राउ गरेको छ । सशस्त्र प्र’हरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्र’हरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट, वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता तथा प्र’हरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।

सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७०० ग्राम ब्राउ’नसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्र’हरी कार्यालय कैलालीमा बुझाइएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया