रुपन्देही ह’त्याकाण्डको अनुसन्धान शुरु

राष्ट्रिय समाचार समिति

बुटवल, २७ जेठ : रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक ह’त्याको घ’टना अनुसन्धान गर्न ५ नं प्रदेश प्र’हरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्र’हरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ ।



अनुसन्धान टोलीको नेतृत्व गर्नुभएका प्र’हरी वरिष्ठ उपरीक्षक बैदवारले घ’टनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिनुभयो । अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्र’हरी उपरीक्षक विकाश खनाल, इलाका प्र’हरी कार्यालय बुटवलका प्र’हरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहनुभएको छ ।

तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने तीन र गाउँका अरू दुई गरी पाँचजनाको सोमबार राति सामूहिक ह’त्या भएको थियो ।

सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको ह’त्या भएको हो । माधव र जानकी श्रीमान्–श्रीमती हुन् । करण र आशिष पोषराजका साथी हुन् । उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फार्म सञ्चालक पुन बताउनुभयो ।

जिल्ला प्र’हरी कार्यालय रुपन्देहीका प्र’हरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको धेरैजसो टाउको र घाँटीमा चोट देखिएको छ । घ’टनास्थलबाट फर्कनुभएका प्र’हरी वरिष्ठ उपरीक्षक बैदवारले मृ’तकहरुको श’व परीक्षणका लागि पठाइएको र छिट्टै नै घटनाको गहिराइमा पुगिने जानकारी दिनुभयो ।

सोही गाई फार्ममा सँगै काम गर्ने घ’टनास्थल नजीकै परालको थुप्रोमा लुकेर बसेका ३१ वर्षीय झसेन्द्र सिञ्जालीलाई ह’त्या आरोपमा प्र’हरीले बिहान प’क्राउ गरेको छ । उनले फरुवाले हानेर ह’त्या गरेको प्र’हरीले प्रारम्भिक अनुमान गरेको छ ।

ह’त्या आरोपमा प’क्राउ परेका झसेन्द्र करीब दुई महिनाअघि मात्रै सो फार्ममा काम गर्न आएका थिए । यसअघि उनी तिलोत्तमाकै शिवपुरस्थित अर्को पशु फार्ममा काम गर्दछे । त्यहाँ उनी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि छाडेर गङ्गादेवी पशु फार्ममा आएका हुन् ।

प्रतिक्रिया