हामी हाम्रो शरिर टुक्रेको हेर्न सक्छौं तर नेपाल टुक्रेको हेर्न सक्दैनौं : सांसद बस्नेत

admin

काठमाडौँ, २७ जेठ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो शरिरभन्दा प्यारो नेपाल भएको उल्लेख गर्दै आफ्नो शरिर टुक्रेको हेर्न सक्ने तर सीमा अतिक्रमण तथा नेपाल टुक्रेको हेर्न नसक्ने उद्घोष गर्नुभएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संविधानमा उल्लेखित निशान छाप संशोधनका विषयमा आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उहाँले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय स्वाभिमानभन्दा ठूलो केही हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको प्रकृयामा सिंगो मुलुक एक ढिक्का भएको छ ।हामी हाम्रो सार्वभौमसत्तालाई कुनै पनि हालतमा गिर्न दिँदैंनौं । हामी राष्ट्रियतालाई कुनै हालतमा बचाउने छौं । हामी हाम्रो शरिर टुक्रेको हेर्न सक्छौं, हाम्रो हात गोडा टुक्रेको हेर्न सक्छौं तर नेपाल टुक्रेको हेर्न सक्दैनौं ।’

उहाँले नेपालको महानायक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हराएको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको टाउकोको रुपमा नेपालको नक्सामा जोडेर संविधान संशोधनको गर्नुभएको हार्दिक आभार तथा समर्थन गर्ने प्रतिपक्षी दल कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा)लाई पनि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल र नेपाली सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताप्रति भारतीय मिडिया तथा भारतीय सरकारका नेतृत्वकर्ताले नेपालप्रति आक्रोस प्रकट गरी नेपाललाई होच्याउने तथा दमन गर्ने प्रवृत्ती देखिएको प्रति लक्ष्यीत गर्दै उहाँले नेपाललाई कसैले राष्ट्रियताको सवालमा सिकाउन जरुरी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अमरिकामा मुसामा पनि कोरोनाका कारणले आक्रोस बढेको छ भन्ने तथ्याङ्क ल्यायो । आज यो आक्रोस भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य सिंह जिको त्यो आक्रोस देखेका थियौं । भारतीय सेनापतिको आक्रोस देखेका छौं ।

भारतीय मिडियाले लेखेको आक्रोस हामीले देखेका छौं । नेपाली चेली मनिसा कोइरालाई लाई लगाएको आरोप देखेका छौं । उनीहरुले आरोप लगाए भारतीय सिता खाएर नेपालको गिता लगाए । तर राष्ट्रियता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ती हामीलाई कसैले सिकाउुन पर्दैन । हामी सक्षम छौं, नेपाली जनता सक्षम छन् ।’

नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्न भारतसँगै सल्लाह गर्नुपर्थ्यो भनि अभिव्यक्ति दिने सरिता गिरी तथा भाारतले नभई नेपालले भारतको भूमि अतिक्रमण गरेको छ भनि अभिव्यत्ति दिने कांग्रेका सांसद अमरेस सिं प्रति आक्रोस व्यक्त गर्दै उहाँले त्यस्ता राष्ट्रियताको विरुद्धमा बोल्नेलाई आफ्नो दलले आगामी दिनमा त्यस्ता राष्ट्रियताविरुद्धमा वोल्ने तथा गतिविधि गर्नेलाई रोक्न अनुरोधसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो आक्रोस हामीले हाम्रै सदनमा पनि देख्यौं । कतिपय सांसदहरुको अभिव्यक्ति लिम्पियाधुरा, लिपुलेक तथा कालापानी भारतको अंश हो भन्ने कुरा सुन्यौं भने कतिपय माननिय ज्यूहरुले भारतलाई सोध्नुपर्छ भन्ने अभिव्यक्ति समेत दिनुभयो ।

त्यती मात्र हैन कतिपय सांसदहरुले नेपालले भारतको सीमा मिचेको छ समेत भनेको सुन्यौं । अरुको स्पीचलाई हेट भन्ने हैन, आफ्नो स्पीच कतिको हेट छ भन्ने समिक्षा गर्नुस् ।’

प्रतिक्रिया