मदिरा बिक्री गर्ने तीन जना प्र’हरी नियन्त्रणमा

राष्ट्रिय समाचार समिति

अमरगढी, २८ जेठ : डडेल्धुरा प्र’हरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई  प्र’हरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय डडेल्धुराले जनाएको छ ।



भीमदत्त राजमार्गअन्तर्गत प्र’हरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुई जनालाई प’क्राउ गरेको हो । अमरगढी नगरपालिका–५ कीर्तिपुर र तुफानडाँडा बजारबाट दुई जनालाई मदिरा बिक्री वितरण गरिरहेको अवस्थामा प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्र’हरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

प’क्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नं १० राई बस्ने सन्तोष ऐर, अमरगढी–५का दानबहादुर बोहरा र जनकसिंह विष्ट प’क्राउ परेका हुन् । उनीहरु तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाइ सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत सात÷सात दिन कैद सजाय तोकिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया