नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

कानो, नाइजेरिया, २८ जेठ: नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आ’क्रमणबाट मृ’त्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधन सहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आ’क्रमण गरेका थिए ।

एक जना वरिष्ट सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी दिनुभयो । इस्लामिक स्टेट्स समूहसँग आबद्ध लडाकूहरुले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन् ।

उत्तरपूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण ३६ हजारभन्दा बढी मानिसको मृ’त्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २०१६ मा अर्को इस्लामिक समूह बोको हरामबाट टुक्रिएको पश्चिम अफ्रिकी इस्लामिक स्टेट्स समूहले पनि स्थानीयवासीमाथि निरन्तर आ’क्रमण गर्ने गरेको छ ।

यही समूहले विगत २ वर्षदेखि नाइजेरियाली सेनामाथि पनि आ’क्रमण गरिरहेको छ । पछिल्ला केही महिनादेखि यस समूहले आम नागरिकमाथि सांघातिक आ’क्रमण गर्न थालेको छ ।

प्रतिक्रिया