टिपरको ठ’क्करबाट प्र’हरी हबल्दारको मृ’त्यु

राष्ट्रिय समाचार समिति

हेटौँडा, २९ जेठ: मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठ’क्कर दिँदा एक जनाको ज्या’न गएको छ । टिपरको ठ’क्करबाट स्कुटरमा सवार नेपाल प्र’हरीका हबल्दारको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठ’क्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्र’हरी हबल्दार केशरदोर्जे थिङको मृ’त्यु भएको हो ।

प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्र’हरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठ’क्कर दिएको र उनको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरका प्र’हरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टिपर चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया