चीनमा ग्यास ट्याङ्कर वि’स्फोट हुँदा १८ को मृत्यु, १८९ घाइते

admin

काठमाडौं, ३२ जेठ : चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर वि’स्फोट हुँदा १८ जनाको मृत्यु भएको छ ।

देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

एउट भवनमा ट्याङ्कर ट्रक ठो’किएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समय अनुसार बेलुका ४:४५ बजे घटना भएको र वि’स्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् ।

वि’स्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ-हाइकोउ राजमार्ग दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया