मनसुन सक्रिय हुँदा देशभर वर्षा

admin

काठमाडौं, ८ असार : मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए । ।

देशको धेरै जसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया