आज थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

admin

काठमाडौं, ११ असार : बिहीबार थप ४३४ जनामा संक्रमण पुष्टि भएसँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार नयाँ संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।

प्रतिक्रिया