आज सुनको मूल्य : प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

admin

काठमाडौं, १४ असार : आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

तोलामा सात सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि गत बुधबार र बिहीबार ९१ हजार १ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

शुक्रबार भने तोलाको ९० हजार ६ सय रुपैयाँमा सुनको किनबेच भएको थियो । आइतबार तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया