काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

admin

काभ्रे १४ असारः काभ्रेका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षण एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले पुष्टि गरे ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जेठ २ गते इन्डियाबाट आइपुगेका हुन् । उनी क्वारेन्टाइनमै बसिरहेका छन् । उनको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो ।

यसअघि पनि जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया