कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

admin

काठमाडौं, १५ असार : ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।  योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ ।

रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।

प्रतिक्रिया