काठमाडौंका ६ सहित ४७६ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १५ असार : सोमबार नेपालमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

नयाँ संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । 

बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

डा. गौतम अनुसार सोमबार संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । सोमबारसम्म २ सय ६६ महिला र २ हजार आठ सय ६६ पुरुष गरी तीन हजार एक सय ३४ जना डिस्चार्ज भएको डा. गौतम बताए ।

प्रतिक्रिया