अहिलेसम्मकै महङ्गो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, ३१ असार : बुधबार सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ ।  सुनको मूल्य बुधबार तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेको हो ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसयता उकालो लागेको सुनको मूल्यले बुधबार रेकर्ड बनाएको छ । यस्तै, चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ । मूल्य महङ्गो हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया