चितवनमा ५ जनाको श’व फेला

admin

चितवन, साउन ७ : नारायणी नदीको वहाव कम भएसँगै चितवनमा ५ जनाको श’व फेला परेको छ । जसमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४० वर्षिय कर्णबहादुरको श’वको मात्र पहिचान भएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका १ ठिमुरामा करीव १४ वर्षकी बालिका र अर्का एक पुरुष को श’व फेला परेको छ । दुवै श’व नदीले पहाडतिरबाट बगाएर ल्याएको हुन सक्ने प्र’हरीको अनुमान छ ।

त्यस्तै भरतपुरकै वडा नम्बर १ गैँडाचोक नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको श’व भेटिएको छ । उता पूर्वी चितवनको खैरहनी नगरपालिको राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० बर्षिय पुरुषको श’व भेटिएको जिल्ला प्र’हरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया