नौबिसे-मुग्लिन सडकखण्डमा गाडी चल्न थाले

admin

काठमाडौं, ९ साउन : पहिरोका कारण चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे-मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेका छन् ।

केही समय अघिदेखि माइक्रो, मोटरसाइकल तथा एम्बुलेन्सलगायतका साना गाडी चल्न थालेको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार बेलुकासम्म ठूला गाडी पनि चल्न सक्ने उनको भनाइ छ । मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन् । अहिले पनि मर्मतकोे काम चलिरहेको छ ।

धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो । तीन/चार दिनसम्म कुनै पनि गाडी नचल्दा यात्रु भने समस्यामा परेका थिए ।

प्रतिक्रिया