गायक निशान भट्टराईले आफैंले गाएको गित प्रमोट गरेनन्, दर्शकको भने अपार माया (भिडियो सहित)

तुलसी नेपाल

काठमाण्डौ – गायक निशान भट्टराईले र गायिका सोनिका लामाको स्वरमा सजिएको ‘आटो-पिठो’ गितलाई गायक भट्टराई आफैंले प्रमोट गर्न आनाकानी गरेपनि दर्शकको भने अपार माया पाएको छ ।

३१ अगस्टमा युट्युव मार्फत सार्वजनिक गरिएको ‘आटो-पिठो’ सेप्टेम्बर ९ सम्म दशलाख भन्दा धेरैले हेरिरहेका छन् भने ५० हजार भन्दा बढी लाईक पाएको गितलाई गायक भट्टराईले भने प्रमोट गर्न अस्वीकार गरेको समेत सार्वजनिक भएको छ ।

गायक भट्टराई र गायिका लामाको स्वर रहेको गितमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने भिडियोमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको अभिनय छ ।

‘आटो-पिठो’ को उक्त गितको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने कुमार केसीको सिनेमाटोग्राफी रहेको उक्त गितको कोरियोग्राफी भने गम्भीर विष्टले गरेका हुन् ।

लाहुरबाट फर्केपछि घर-परिवारसँगै बाँकी जिन्दगी बिताउने भाव बोकेको गितलाई गायक भट्टराईले भने किन प्रमोट गर्न अस्वीकार गरेका हुन् । अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन् ।

 

प्रतिक्रिया