स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि, डा‍‍. केसीलाई अस्पताल सारियो

admin

काठमाडौं, ४ असोज : एमबीबीएससहितका चिकित्सा क्षेत्रका मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक हप्तादेखि अनसनरत डा. गोविन्द केसीलाई अस्पताल सारिएको छ ।

डा. केसीले चिकित्सा क्षेत्रका विभिन्न मागहरुसहित १९औ‌ं अनसन सुरु गरेका हुन् । डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थल चन्दननाथ नगरपालिका वडा नम्बर ६ रानीचौर बाबिरा मन्दिर धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारिएको हो ।

स्वास्थ्यकर्मीको २४ घण्टा निगरानी हुने ठाउँमा पुर्‍याउनुपर्ने प्रतिवेदनपछि अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ । डा. केसीलाई आईसीयूमा भर्ना गरिए पनि कुनै पनि उपचार गर्न नमानेको उपचारमा खटिएका डा. प्रवीण गिरीले जानकारी दिए ।

डा. केसीको मुटुको चाल बढेको, श्वास प्रश्वासमा समस्या बढ्दै गए पनि स्लाइन, अक्सिजन लिन नमानेको उनले बताए । प्रहरीले अस्पताल ल्याएपछि आफूलाई अपहरण शैलीमा अस्पताल ल्याइएको डा. केसीले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया