थप १३२५ जनामा संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुग्यो

admin

काठमाडौं, ४ असोज : आइतबार देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार एक सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नौ हजार पाँच सय ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय २५ जनामा संक्रमण देखिएको हो । बितेको २४ घण्टामा नौ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४६ हजार दुई सय ३३ पुगेको छ ।

अब नेपालमा १७ हजार चार सय ७८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

प्रतिक्रिया