सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, ६ असोज : मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सोमबार तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी मंगलबार तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी मंगलबार तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया