१३ सय ५६ जनामा कोरोना संकमण पुष्टि, २ जनाको मृत्यु

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय २३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४८ हजार ६१ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको उनले जानकारी दिए । होम आइसोलेसनमा रहनेहरुको ८ हजार ९ सय ४९ संख्या रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय २९ पुगेको छ ।

प्रतिक्रिया