पूर्वका केही ठाउँमा आज ठूलो पानी पर्ने

admin

काठमाडौं, ११ असोज : आइतबार पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । गत मंगलबारदेखि देशभरि नै पानी पारेको प्रणाली कमजोर हुँदै गएकाले आइतबार पूर्वबाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

यसैगरी यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको उनले बताए । उनका अनुसार लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्छ ।

यस्तै मौसमविद् श्रेष्ठका अनुसार आइतबार प्रदेश १ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया