साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, ११ असोज : आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

शुक्रबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै  आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी शुक्रबार तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया