सम्झनाका ह’त्या आरोपी सार्वजनिक, आरोपीवि’रुद्ध अर्कोपनि ब’लात्का’रको जाहेरी

राष्ट्रिय समाचार समिति

बझाङ, असोज १३ : बझाङ प्र’हरीले सम्झना कामीका ह’त्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे ह’त्या आरोपमा प्र’हरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो ।

यही असोज ७ गते मष्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया कामीको ह’त्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको श’व स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेलापरेको थियो ।

आरोपी बोहरावि’रुद्ध अर्की एक बालिकामाथि पनि ज’ब’र्जस्ती क’रणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई ज’ब’र्जस्ती क’रणी गरेको जाहेरी परेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले ब’लात्का’रपछि ह’त्या गरेको सबै प्रमाण रहेको जिकिर गर्नुभयो ।

आरोपी बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अ’पराध गरेको भए फाँ’सीको सजाय दिन सकिने भएपनि दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया