एक वर्ष लाग्न सक्छ लकडाउनबाट मुक्त हुन : इजरायली प्रधानमन्त्री

admin

एजेन्सी, १५ असोज : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देश कोभिड-१९ लकडाउनबाट मुक्त हुन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका छन् ।

बुधबार मन्त्रिपरिषद्को बैठकमा उनले भने, ‘यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ ।,

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट दुई सय मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआवश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गरेका छन् ।

अहिलेका प्रतिबन्धले त्यो सीमालाई एक हजार मिटरमा राखेको छ । इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।

इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट संक्रमित पहिले बपरामी फेला परे पनि पछिल्ला केही हप्तामा यहाँको संक्रमण दर बढ्न थालेपछि दोस्रो पटक लकडाउनको घोषणा गरिएको हो ।

इजरायलमा कोभिड-१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ । इजरायलको झण्डै एक चौँथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया