राहुल र प्रियंका गान्धी गिरफ्तार, राहुलको प्रश्न-‘मोदीबाहेक कोही हिँड्न नपाउने हो ?’

admin

नोइडा, असोज १५ : भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार गि’रफ्ता’रीमा पर्नुभएको छ । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रुतमार्गनजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई गिरफ्तार गरिएको जनाइएको छ । उहाँहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्वयसँगै अन्य केही नेताहरुलाई पनि गौतमबुद्ध नगरबाट गिरफ्तार गरेको हो ।

कांग्रेस कार्यकर्ताहरुकाअनुसार दिल्ली-नोइडा राजमार्गमा र्‍याली गरेर हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई प्र’हरीले अ’वरोध गरेको थियो । प्र’हरीले अवरोध गरेर गि’रफ्तार गरेपछि उहाँले आ’क्रोशि’त हुँदै प्रश्न गर्नुभयो-‘के यो मुलुकमा मोदीजीमात्रै हिँड्न पाउने व्यवस्था छ ?’

उहाँले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । नेता गान्धीले आफूलाई प्र’हरीले जबर्जस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाउनुभएको छ । उहाँले आफ्ना सवारी-साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्र’हरीलाई आफूलाई हिँड्न दिन आग्रह गर्नुभएको थियो ।

‘म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिड्न दिनोस् । मलाई नरोक्नोस् । मलाई तपाइँहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?’-उहाँले भन्नुभएको थियो । उहाँको त्यो प्रश्नपछि प्र’हरीहरुले उत्तर दिँदै भनेका थिए-‘सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाइँलाई आइपीसीको १८८ अनुसार गिरफ्तार गर्दैछौं ।’

नोइडाको अतिरिक्त नायब प्र’हरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐनअनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उहाँहरुले उल्लंघन गरेको बताउनुभयो ।

प्रतिक्रिया