पछिल्लो २४ घण्टामा १९४८ संक्रमित, ३१४० संक्रमणमुक्त, २८ जनाको मृ’त्यु

admin

काठमाडौं, मंसिर १० : पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९४८ जना कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३१४० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् ।

योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया