काठमाडौं, १६ मंसिर: सामाजिक सञ्जालमा दरो खरो अभिव्यक्तिका कारण चर्चाको शिखरमा रहेका पब्लिक स्पिकर नेपाल बिजेता रमेश प्रसाईं यहि मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिन लागेका छन् ।
समाजसेवी नन्दा सिंहसँग बिगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका रमेश प्रसाईंले प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
यसअघि पनि उनको विवाहबारे विभिन्न भ्रामक हल्ला चलेपनि यसपाली भने समाजसेवी नन्दा सिंहसँग प्रसाईंको लगनगाँठो कसिने पक्का भएको नन्दा सिंहले जानकारी दिएकी छिन् । मंसिर २२ गते प्रसाईं र जीवन बिष्टले एउटै मण्डपबाट बिबाह गर्न लागेका हुन् ।