काठमाडौं : माग पूरा हुने भएपछि लामो समयदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले आन्दोलन स्थगित गरेका छन्। ४६ दिनदेखि आन्दोलित स्वास्थ्यकर्मीले राखेका माग पूरा गर्न अस्पताल प्रशासन तयार भएको हो।
शुक्रबार अस्पताल र आन्दोलनरत पक्षबीच भएको वार्तामा ५ बुँदे सम्झौता भएको छ। आन्दोलनरत कर्मचारी संयुक्त संघर्ष समितिका सहंसयोजक प्रवक्ता खुबराज आचार्यका अनुसार अब आन्दोलन स्थगित भएको छ।
अस्पतालले स्वास्थ्यकर्मीको माग पूरा गर्न ६ हप्ताको समय मागेको छ। अब आफूहरु नियमित काममा फर्कने आन्दोलनरत ती कर्मचारीले बताएका छन्।
यस्तो छ अस्पताल र स्वास्थ्यकर्मी बिचको सहमति:-