नेकपाको केन्द्रीय कार्यालयमा कुकुर परिचालनसहित सुरक्षा व्यवस्था कडा

admin

काठमाडौं, २१ मंसिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् । अहिले पार्टी केन्द्रीय कार्यालय बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र नेपाली सेनाका कुकुरलाई समेत गस्ती गराइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको प्रहरीले जनाएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।

प्रतिक्रिया