खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

admin

काठमाडौँ, मंसिर २३ : विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप आफै किन्ने वा निजी कम्पनीलाई दिने निर्णयसमेत गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तरगतको परिवार कल्याण महाशाखाका प्रमुख भीमसिंह तिंकरीले अहिलेसम्म कोभ्याक्समार्फत आउने खोपको पर्खाइमा रहेको बताए । कोभिड–१९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि गाभीले नेतृत्व गरेको विश्वव्यापी पहल कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत व्यक्तिलाई पुग्ने खोप सहुलियतमा पाउँदैछ ।

कोभ्याक्समार्फत पहिलो चरणमा आगामी मार्चसम्ममा ३ प्रतिशत (९ लाख मानिसलाई पुग्ने गरी र सन् २०२१ भित्रमा बाँकी १७ प्रतिशत (५१ लाख) का लागि खोप आउने अनुमान छ । ‘हाम्रो आँकलनअनुसार नेपाल सबैभन्दा पलिे कोभ्याक्सअन्तरगतकै खोप आउनेछ,’ कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले भने ।

बाल स्वास्थ्य खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले मुलुकका ७२ प्रतिशत मानिसलाई कोभिड खोप दिने योजना बनाएको जानकारी दिए । तर, त्यसअनुसार सरकारको तयारी फितलो छ । नेपालले खोपका लागि कुनै कम्पनीसँग प्रिअर्डर वा सम्झौता गरेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया