फेसबुकलाई टुक्र्याउन मुद्दा दर्ता

admin

काठमाडौँ, २५ मङ्सिर : अमेरिकामा सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउने विषयमा मुद्दा दर्ता भएको छ । फेसबुकले गैरकानुनी रुपमा आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पारेको भन्दै फेसबुक कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन् ।

अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन् । यसलाई सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै गम्भीर कानुनी कदम मानिएको छ ।

मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् । फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ‘किन्ने वा सिध्याउने’ शैली लिएको अधिकारीहरूको आरोप छ ।

प्रतिक्रिया