ओमानले एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रोक्यो

admin

काठमाडौं, ७ पुस : ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै (आज) मंगलबारदेखि आउँदो मंगलबार अर्थात् पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।

एक हप्तापछि भाइरस संक्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले जनाएको छ । जसका कारण ओमान नेपाल र नेपालबाट ओमान जाने तयारीमा रहेका नेपालीहरुको यात्रा प्रभावित हुन सक्नेछ ।

पछिल्लो समय विभिन्न अन्य देशले पनि कोरोना संक्रमण नियन्त्रणका लागि यस्तै नीति लिइरहेकाले त्यही अनुसार नै आफ्नो योजना तय गर्न ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । यस्तै साउदीले पनि सोमबारदेखि कोरोना महामारी रोकथामका लागि भन्दै एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान रोकेको छ । 

प्रतिक्रिया