सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा ?

admin

काठमाडौं, ८ पुस : बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२६५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया