कुवेतमा कोरोनाविरुद्धको खोप आजदेखि लगाउन सुरु

admin

एजेन्सी, ९ पुस : कुवेतमा बिहीबारदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ । वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ ।

कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको खबरमा उल्लेख छ । खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिए ।

उनले एकरएक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिए । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र संक्रमितहरुको संख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताएका छन् ।

प्रतिक्रिया