नेता सिहंको प्रश्न : विश्वासको मत लिन डराउनेले दुई तिहाइको प्रधानमन्त्री हुँ भन्‍न मिल्छ ? (भिडियोसहित)

पिएनपि खबर

काठमाडौं, १३ पुस : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले जनता झुक्याउने काम गरेको अरोप लगाएका छन् । नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नं. १ ले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेता सिंहले जनप्रतिनिधिको विश्वासको मत लिन नसक्ने अनि जनतामा जान्छु भनि, जनता झुक्याउने काम गरेको आरोप लगाएका हुन् ।

उनले भने, संसद विघटन गर्ने भनेको संसदमा आएर मात्र हो तर ओलीले अवैधानिक र असंवैधानिक कार्य गरेका छन् ।  दुई तिहाइको भनेर हुईया मच्चाउने अनि अवैधानिक बाटोमा तानाशाही जस्तो बन्ने । ओली सरकारले संविधानको ‘कु’ गर्यो संविधानमाथि प्रहार गरेको गर्यो नेपाली कांग्रेस अब चुप लागेर बस्दैन ।’

जनताले पाँच वर्षसम्म स्थिर सरकार बनाउन भनेर संसदमा पठाएका हुन् तर ओलीले संसद विघटन गरेर जनतामा भ्रम छरेको उनले बताए । नेपाली कांग्रेस मुल्य र मान्यताको राजनीतिलाई बिर्सिएर सडकमा टायर बाल्ने प्रतिपक्षि नभइ जिम्मेवार प्रतिपक्षि भएको बताए । ‘भष्ट्रचारीको अनुहार हेर्दिन भन्ने अनि आफै मन्त्रीले गरेको भष्ट्रचारलाई बचाउ गर्ने स्वास्थ सामाग्री खरिद प्रक्रियामा अनियमितता के हो ? भन्दै उनले प्रश्न गरे ।’

‘ज्ञानेन्द्र शाह जस्तो तानाशाही बनेर सँधैभरी सरकारमा बस्छु भन्ने भ्रम ओलीमा पलायो तर उहाँलाई मात्रै ५ वर्षका लागि पठाएका हुन् । उनले भने, दुई तिहाइ बहुमत छ भन्ने आफ्नो पार्टी भित्र फेस गर्न नसक्ने अनि ठुला कुरा गरेर हिड्ने ।’ संसद विघटनमा विदेशी चलखेल समेत भएको आशंका व्यक्त गरे ।

प्रतिक्रिया