प्रचण्ड-नेपाल समूहबाट प्रदेश १ संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन

admin

काठमाडौं, १६ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर बिहीबार बसेको बहुमत सांसदको बैठकले भीमप्रसाद आचार्यलाई दलको नेता चयन गरेको हो ।

नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-नेपाल समूहले राईलाई कारबाही गर्दै दलको नेतामा आचार्यलाई चयन गरेको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित भएका थिए ।

प्रचण्ड-नेपाल समूहले बुधबार बागमती प्रदेशको संसदीय दलको नेता पनि चयन गरेको थियो । मुख्यमन्त्री डोममणि पौडेललाई हटाएर सो समूहले अष्टलक्ष्मी श्रेष्ठलाई नेता चयन गरेको थियो । पुस ५ प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपामा एकले अर्कालाई कारबाही गर्ने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया