अहिलेकाे अवस्थामा जनता जिम्मेवार हुनुपर्छ : पूर्वराष्ट्रपति डा. यादव

राष्ट्रिय समाचार समिति

काठमाण्डाै, पुस १६ : पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताउनुभएको छ । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज काठमाण्डाैमा आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उहाँको भनाइ थियो ।

“अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उहाँले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्नुभयो ।
“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा यादवले भन्नुभयो । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उहाँको भनाइ थियो ।

अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गर्नुभयो । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भन्नुभयो, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उहाँले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया