६ नेकपा सांसद प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहतिर

admin

धनगढी, पुस १८ : सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपाका सांसद प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका छन्। उनीहरूले शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न इन्कार गर्दै प्रधानमन्त्री ओलीको पक्षमा रहेको संकेत गरेका हुन्।

प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर नगरेका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ।

बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ। सो बैठकमा नेकपाका प्रदेश इन्चार्ज भीम रावलको पनि सहभागितामा थियो।

प्रतिक्रिया