३३ हजार बढी शब्द समेटिएको नेपाल भाषाको अनलाइन शब्दकोष सुरु

admin

काठमाडौं : नेपाल भाषाका करिब तेत्तीस हजार शब्द भएको अनलाइन शब्दकोष ‘नेपाल भाषा अनलाइन डिक्स्नरी’ सञ्चालनमा ल्याइएको छ । भर्चुअल माध्यमबाट नेपाल भाषामा अनलाइन शब्दकोष सुरु गरिएको हो ।

शब्दकोषमा हालका लागि ३३ हजार भन्दा बढी शब्दको अर्थ, १२ सय भन्दा बढी उखान र हजार भन्दा बढी बच्चाहरूको नाम राखिएको छ । नेपालभाषाका अभियन्ताहरु संस्कृतिविद् सुभाषराम लाछि, अस्मित मल्ल, ज्ञानकुमार महर्जन र राजेश तण्डुकारलगायतको संयुक्त प्रयासमा नेपाल भाषाको शब्दकोष डिजिटल संस्करण ल्याइएको हो ।

शब्दकोषमा प्रचलित नेपाल लिपि, देवनागरी लिपि र रोमन लिपिबाट टाइप गरेर शब्दहरू खोज्न सकिन्छ । उच्चारण कसरी गर्ने भनेर सुन्न र फोटो समेत देख्न सकिन्छ । साथै ‘वर्ड अफ द डे’ नोटिफिकेशन पनि हरेक दिन आउने व्यवस्था मिलाइएको छ ।

शब्दकोषका लागि इन्द्र मालीको ‘नेपालभाषा तःखँग्वः धुकू’ लगायत १० वटा पुस्तकहरुबाट शब्द लिइएको छ ।अहिले ब्राउजरमा मात्र खोल्न मिल्ने शब्दकोष निकट भविष्यमै मोबाइल एप्लिकेशनमार्फत उपलब्ध हुनेछ । अनलाइन शब्दकोषमा जानको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया