एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

admin

काठमाडौं, २३ पुस : बिहीबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहीबार तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै सोही परिमाणको तेजावी सुनलाई बिहीबार प्रतितोला ९४ हजार ९०० रुपैयाँ पर्नेछ । यसैगरी चाँदीको मूल्य पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया