अमेरिकी संसद भवनमा राष्ट्रपति ट्रम्पद्वारा ‘कु’ को प्रयास, ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द

admin

एजेन्सी, २३ पुस : अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले क’ब्जा गर्ने प्रयास गरेका छन् । स्थिति हिं’स्रक बनेपछि बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म क’र्फ्यू लागू गरिएको छ । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो । ट्रम्पको समर्थनमा वाशिङ्टनमा भइरहेको हिं’सात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । ट्रम्प समर्थकले संसद भवन (क्यापिटल बिल्डिङ)भित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा उनीहरुको ज्यान गएको हो ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू बन्दूक सहित क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । संसदको केन्द्रीय भागमा दर्जनौं प्रर्दशनकारीहरु पुगेका थिए । त्यसपछि बहस रोकिएसँगै ट्रम्प समर्थक र प्रहरी बिच दूबै तिर ब’न्दूक तानातान मात्र होइन हा’ना’हा’न समेत भएको थियो । संसद भवनको बाहिर प्रदर्शनकारीहरु बेलुकासम्म नै थिए । सुरक्षाकर्मीले सिनेटको कोठबाट झ्यालमा रहेका प्रर्दशनकारीहरुलाई समेत रोक्न पहल गरेको थियो ।

संसद र कर्मचारीहरुले अश्रुग्यासबाट बच्न माक्स प्रयोग गरेका थिए । सभामुख न्यासी पोलेसीको कुर्सीमा बसेका एक प्रर्दशनकारीले हामी हार मान्ने छैनौ लेखिएको सन्देश छाडेका छन् । सोही ठाउँमा टर्मका समर्थन गर्ने पोशाकसहतिका प्रर्दशनकारीहरु आफैले संसद भवनभित्रको तस्बिरहरु खिचेका छन् । प्रर्दशनकारीहरु र संसदका सुरक्षाकर्मीबीच तनाव बढेको छ ।

ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको नीति विपरीत कार्य गरेको भन्दै ट्रम्पको अकाउन्ट बन्द गरेको जनाएका छन् । राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नीतिको उल्लङ्घन गरेको फेसबुकले जनाएको छ ।

अब राष्ट्रपति ट्रम्पले २४ घण्टा फेसबुकमा कुनै पनि पोष्ट गर्न पाउनुहुने छैन । ट्वीटरले पनि वासिङ्टन डीसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्वीट हटाउनु पर्ने देखिएको जनाएको छ । ट्वीटरले तीन ट्वीट नहटाए ट्रम्पको अकाउन्ट सधै‌ँका लागि लक हुने समेत चेतावनी दिएको छ ।

यसैबीच ट्रम्पका समर्थकले अमेरिकी संसदमै हिंसात्मक प्रदर्शन गरेको घटनाप्रति विश्वका विभिन्न नेताहरुले निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनलेलगायतले निन्दा गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया