अमेरिकी संसदद्वारा राष्ट्रपतिमा बाइडेनको जित प्रमाणित, यसरी भयो विजयीको घोषणा !

admin

एजेन्सी, २३ पुस : अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चता गरेको छ । बिहीबार बसेको अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अवरुद्ध गरेपछि दोस्रोपटक बसेको बैठकले वाइडेनको जित प्रमाणित गरेको हो ।

संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन् । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् । उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे ।

संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा चुनौति दिइएपनि ती दाबी दुई तिहाई मतले अस्वीकृत भएको थियो । इलेक्टोरल मतगणनामा वाइडेनले ३०६ मत र ट्रम्पले २३२ जना प्राप्त गरेको घोषणा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले घोषणा गरे । स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो । उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए ।

यसअघि ट्रम्प समर्थकको प्रदर्शनका कारण संसद्को संयुक्त बैठक केही बेर रोकिएको थियो । सुरूदेखि नै चुनावमा धाँ’धली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए । चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो । स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनले जितेको प्रमाणित गरेको हो ।

अमेरिकी राष्ट्रपतिका विजयीको घोषणा यसरी हुन्छ !
बुधबार अमेरिकाका दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठक बस्दै थियो । अमेरिकाको ४६औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने बैठकको एजेन्डा थियो । गत नोभेम्बर ३ मा भएको चुनावमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उम्मेदवार बनेका थिए ।

अमेरिकामा राष्ट्रपतिका लागि चुनाव हुने भए पनि जसले बढी मत ल्यायो उसले चुनाव जित्दैन । राष्ट्रपतिको चुनाव जित्न इलेक्टोरल कलेज मतमा बहुमत ल्याउनु पर्छ । अमेरिकाभरि ५३८ इलेक्टोरल कलेज मत छन् । राज्यको जनसंख्या र भूगोलका आधार विभिन्न राज्यको फरक-फरक इलेक्टोरल कलेज मत संख्या निर्धारण गरिएको छ । राष्ट्रपति जित्न बहुमत अर्थात् २७० इलेक्टोरल कलेज मत ल्याउनु पर्छ ।

कहिलेकाहीँ देशभरिबाट बढी मत ल्याए पनि इलेक्टोरल कलेज मत कम आउँदा उम्मेदवार पराजित हुन्छन् । सन् २०१६ को निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा झन्डै ३० लाख बढी मत ल्याएर पनि इलेक्टोरल कलेजमा हारेकी थिइन् । कसले कति इलेक्टोरल कलेज मत पायो भन्ने अनौपचारिक रूपमा चुनावको केही दिनमै थाहा हुन्छ । तर त्यसको औपचारिक प्रक्रिया पूरा हुन भने हप्तौं लाग्छ ।

बुधबार त्यही प्रक्रियाको अन्तिम चरणको काम हुँदै थियो । अमेरिकामा चुनाव गर्न राज्यका आ-आफ्नै नियम छन्, देशैभरि एकै नियम छैन । चुनावको कति दिनमा मतपरिणाम पठाउने भन्ने राज्यको नियममा भर पर्छ । अमेरिकामा हरेक चार वर्षमा नोभेम्बर महिनामा राष्ट्रपतिको चुनाव हुन्छ । नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार राष्ट्रपतिका लागि मतदान हुन्छ ।

यसरी भएको मतदानमा आफ्नो राज्यका इलेक्टोरल कलेज मतको परिणाम निर्वाचन अधिकारीहरूले प्रान्तीय संसदमा पठाउँछन् । प्रान्तीय संसदले गभर्नरमार्फत् उक्त मतपरिणाम राष्ट्रपति र उपराष्ट्रपतिलाई पठाउँछन् । चुनाव भएको ४१ दिनभित्र गभर्नरले मत परिणाम पठाइसक्नुपर्छ । उक्त मतपरिणामलाई संघीय संसदका दुबै सदनले जनवरी ६ मा प्रमाणीकरण गर्नुपर्छ ।

अर्को दिन बैठक बस्नु पर्ने भए कानुन नै बनाउनु पर्छ । मतपरिणाम प्रमाणित गर्न दुबै सदनको संयुक्त बैठक बस्छ । यस्तो बैठकको नेतृत्व उपराष्ट्रपतिले गर्छन् । बुधबार पनि उपराष्ट्रपति माइक पेन्सले दुबै सदनको बैठक चलाइरहेका थिए । सुरूदेखि नै चुनावमा धाँ’धली भएको बताउँदै आएका ट्रम्पले मंगलबारमात्रै उपराष्ट्रपति पेन्सले संसदको बैठकबाट आफूलाई जिताउन सक्ने बताएका थिए ।

पेन्सले भने आफूले संविधानले दिएको काममात्रै गर्ने र संविधानले निर्वाचन परिणाम उल्टोपाल्टो पार्न आफूलाई कुनै अधिकार नदिएको जवाफ दिएका थिए । बुधबार पेन्सले संसदको बैठक चलाइरहेका बेला ट्रम्प समर्थकहरू हुलहुज्जत गर्दै संसद भवनमा पसे । इँटा, बोतल र ब’न्दुक लिएर गएका उनीहरूले तोडफोड गरे र हिं’सा मच्चाए । संसद भवनभित्र पसेका उनीहरूले पेन्स र सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसेर ट्रम्पले चुनाव जितेको घोषणा गरे ।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गो’ली चलायो । उक्त हिं’सामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । ट्रम्प समर्थकको उपद्रोले संयुक्त सदनको काम केही घन्टा अवरोध भयो । केही घन्टापछि पेन्सले संसदको बैठक चलाइरहेका छन् । उनले हरेक राज्यबाट आएको मतपरिणाम सुनाउँछन् र कसैको दाबी विरोध छ कि भनेर सोध्छन् । प्रान्तले पठाएको परिणाममा दाबी विरोध गर्न तल्लो र माथिल्लो दुबै सदनका एक-एक जना सांसद हुनुपर्छ ।

कुनै राज्यको परिणाममा दाबी विरोध पर्‍यो भने दुबै सदनको छुट्टाछुट्टै मतदान हुन्छ । दुबै सदनको बहुमतले पारित गरेपछि मत परिणाम पारित हुन्छ । सबै राज्यको मतपरिणाम यसै प्रक्रियाबाट पास भएपछि नयाँ राष्ट्रपतिमा विजेताको घोषणा हुन्छ । नयाँ राष्ट्रपतिले जनवरी २० मा राष्ट्रपतिको सपथ लिन्छन् ।

प्रतिक्रिया