अमेरिकामा प्रदर्शनकारीको आ’क्रमणबाट घाइते भएका एक प्रहरीको ज्यान गयो

admin

एजेन्सी, २४ पुस : अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आ’क्रमणबाट घाइते भएका एक जना प्रहरीको ज्यान गएको छ। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उ’क्साहटपूर्ण भाषणपछि आ’क्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर तोड’फोड गरेका थिए ।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिलासहित चार जनाको ज्यान गएको थियो । प्रहरीकाअनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर ज्यान गएको हो ।

भीड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ । क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया