कोरोना खोप बनाइरहेको सिरम इन्स्टिच्युटमा आगलागी

admin

एजेन्सी, ८ माघ : कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनामा रहेको प्लान्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुना प्लान्टको टर्मिनल १ नम्बर गेटमा आगलागी भएको हो । इन्स्टिच्युटमा लागेको आगो निभाउन अहिले १० वटा दमकल त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ । सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो ।

यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो । इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनको चौथो र पाँचौँ तलमा आगो लागेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया