आज नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

admin

काठमाडौं, ११ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक आइतबार दिउँसो साढे १२ बजे बस्दै छ ।

समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन् ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया