आज नेप्से आठ अङ्कले बढ्यो

admin

काठमाडौं, २२ माघ : शेयर बजार परिसूचक नेप्से बिहीबार आठ अङ्कले बढेको छ । नेप्से आठ दशमलव ३४ अङ्कले बढेर २४ सय ७५ दशमलव २६ विन्दुमा पुगेको छ । बिहीबार व्यापार समूहको शेयर एक सय ३१ अङ्कले, जलविद्युतको ३६ अङ्कले, उत्पादनको ८४, माइक्रोफाइनान्सको एक सय ४६ र निर्जीवन कम्पनीको शेयर ७८ अङ्कले बढेको छ ।

बैंक, होटल, फाइनान्स, जीवन बीमा र म्युचल फण्डको शेयर भने घटेको छ । बिहीबार दुई सय एक कम्पनीका एक करोड ८७ लाख १९ हजार कित्ता शेयर सात अर्ब ६१ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँभन्दा धेरैको शेयर किन/बेच भएको छ । १५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि कर्पोरेट विकास बैंक र प्रभु लाइफ कम्पनीका शेयरधनीले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया