देशका धेरै ठाउँमा गर्मी बढ्न थाल्यो

admin

काठमाडौं, ५ फगुन : तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको अधिकतम तापक्रम केही दिन यता २० डिग्री सेल्सियस भन्दा माथि छ । बुधबार अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार काठमाडौंसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको केही प्रभाव रहेकाले पश्चिमी क्षेत्र र प्रदेश १ का केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ ।

प्रतिक्रिया