सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती शिवरात्रिको तयारीका लागि हो : नेपाली सेना

admin

काठमाडौं, ६ फागुन : नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । आउँदो फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाडौं र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलिनरनआत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गरे ।

‘सडकमा देखिएको सेनाको मुभमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शिवरात्रिको तयारीका लागि हो, यसबाट आत्तिन जरुरी छैन’, पौडेलले भने । यसैबीच कोरोना महामारीलाई ध्यान दिएर यसपटक सेनाले भिडभाड हुने खालका कार्यक्रम नगर्ने भएको छ ।

टुँडिखेलमा सीमित व्यक्तिको उपस्थितिमा सेनाको कलाकौशल देखाउने कार्यक्रम हुने तर साङ्गीतिक कार्यक्रम, रात्रिभोजलगायतका कार्यक्रम नहुने पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया