प्रतिनिधिसभा विघटन : मुद्दाको बहस सकियो, प्रधानन्यायाधीशद्वारा १० गतेसम्म बहस नोट बुझाउन आग्रह

admin

काठमाडौं, ७ फागुन : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा विघटन मुद्दामा बहस सकिएको हो । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बिहीबारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले राय दिएका थिए ।

एमिकस क्युरीका कार्की, खरेल र शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गरेका छन् । संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेसम्म बहस नोट दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया